
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले ४ः१ को अनुपातमा निष्काशन गरिएको प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरको ५०,३०,९०१.५५ कित्ता हकप्रद शेयरमध्ये उक्त अवधिमा आवेदन नपरेको अवितरित हकप्रद शेयरहरु बैशाख १२ गते देखि बैशाख २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु बैशाख २६ २६ गते खोलि कम्पनीले बाँडफाँड गरेको हो ।
आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी आजबाट आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकमान्तर गरिने जनाएको छ ।
साथै आफ्नो बैंक खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा विक्री प्रबन्धकको कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न आग्रह गरेको छ ।
साथै, सर्वसाधारण तर्फ बाँडफाडको अन्तिम मुल्य रु ६९७.७८ रहेको र उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । उक्त नतिजा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न पनि सकिनेछ ।