
काठमाडौं । पछिल्लो वितेको २४ घण्टामा देशभर १ हजार २ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४ सय ८४ महिला र ७ सय ८८ जना पुरुष रहेका छन् । यस्तै १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ र मृतकको कुल संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ । यस्तै हालसम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काडमाडौं उपत्यकामा ६ सय ६ जनामा संक्रमण पुष्टि भएको छ ।