News Portal

  • दुई विद्यालयमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८०
    १६१ पटक
    १३ चैत, २०८०

    काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’को अवसरमा कृषि विकास बैंकको लुम्बिनी प्रदेश कार्यालयले दाङको घोराहीस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन मुख्य विषय लिई अध्ययनरत १९६ जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा ग्लोबल मनी विक, बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्त्व, यसले पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिइएको थियो ।

    साथै कार्यक्रममा बैंकले उपलब्ध गराउने कर्जाका प्रकार र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिम, विभिन्न डिजिटल प्रडक्ट र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीलाई जानकारी दिइएको थियो ।

    कार्यक्रममा प्रदेश कार्यालयका निर्देशक राजेन्द्र रानाभाटका साथै बैंकका विभिन्न शाखा प्रबन्धक, कर्मचारी र विद्यालयका अध्यापक तथा कर्मचारीको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्