News Portal

  • ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता११ पुष, २०८१
    ७३ पटक
    ११ पुष, २०८१

    काठमाडौं । ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित भएको छ । उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गरेर विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले एक्सलेन्स बैंकलाई इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मान गरेको हो ।

    एनसीएचएलको १६औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कपिल ढकाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । प्रविधिमैत्री र ग्राहक केन्द्रीत सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत डिजिटल बैंकिङ्गमा भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको बैंकले जनाएको छ ।

    बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ । बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्यावइस अडियो बक्स क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ । यस्तै, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवद्र्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ ।

    मोबाइल बैंकिङ्ग एपमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एप मार्फत एटीएम बाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्रल सेवा, चेक बिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एण्ड वीथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ ।

    साथै, देशभरिका व्यवसायीलाई निःशुल्क क्यूआर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङ्गको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ । अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिंदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिवद्ध छ ।

    डिजिटल बैंकिङ्गको प्रयोग बढेसँगै बैंकले सोहि प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

    प्रतिकृया दिनुहोस्