News Portal

  • ज्योति विकास बैंकले प्रदान गर्‍यो ६ जना बालबालिकालाई कृत्रिम हात

    आर्थीकसंसार संवाददाता६ असोज, २०८१५
    १५३ पटक
    ६ असोज, २०८१५

    काठमाडौं । ज्योति विकास बैंकले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो ।

    कृत्रिम हातले बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ।

    हालसम्म बैंकले यस्ता कृतिम हातहरू २६ जना बालबालिकालाई प्रदान गरिसकेकाे छ ।

    ज्योति विकास बैंकले आफ्नो १६औैं वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो ।

    उक्त सहकार्य सम्झौताअनुरूप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरिएको हाे ।

    थ्रीडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ​ ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

    ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्