News Portal

  • ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
    १०१० पटक
    ५ फागुन, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी– खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी– सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।


    चिउरीडाँडा स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७–खोटाङका वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष महन्त कुमार राईलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको हो ।
    साथै कल्पवृक्ष स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका–३, सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको हो ।
    कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना( २ को लागि सहयोग प्रदान गरेको थियो ।
    ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्