News Portal

  • जनप्रकाश बहुमुखी क्याम्पसमा एशियन लाइफको बीमा सचेतना सम्पन्न

    आर्थीकसंसार संवाददाता१० जेठ, २०८२
    ११ पटक
    १० जेठ, २०८२

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीका लागि बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आज शुक्रवार सो कार्यक्रम आयोजना गरेको हो ।

    कम्पनीका प्रबन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले बीमाको महत्व राम्ररी बुझाउन सकेमा बीमाको दायरा विस्तार हुने र यस्ता कार्यक्रमले बीमा आम जनमानसमा सन्देश पुर्याउनका लागि विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

    नेपाल बीमा प्राधिकरणले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमकलाई आमा समुह, विद्यालय, कलेज, पालिका पालिकाहरुमा कार्यक्रम संचालनका लागि निर्देशन दिए बमोजिम उक्त कार्यक्रम संचालन गरिएको हो् ।

    कार्यक्रममा कम्पनीका प्रवन्धक वद्रीनाथ पौडेलले बीमाको ईतिहास, परिचय, आवश्यकता, महत्व र समसामयकि विषयमा सहजिकरण गरेका थिए ।

    कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत करिव १०० जनाको विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संचालन कम्पनीका सिनियर एजेन्सी मेनेजर सुजन न्यौपानेले गरेका थिए ।्

    प्रतिकृया दिनुहोस्