News Portal

  • चेपाङ समुदायका लागि नेपाल एसबिआई बैंकले गर्‍यो खाद्यान्न वितरण

    आर्थीकसंसार संवाददाता२३ बैशाख, २०८२
    ७ पटक
    २३ बैशाख, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्य सामग्री वितरण गरेको छ ।

    बैंकका बागमति प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरू हस्तान्तरण गरे ।

    बैंकले विपन्न तथा पिछडिएका वर्गहरूमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

    नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्