
काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उद्घाटन समारोहमा उनले यस्तो बनाएका हुन् ।
कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले नेकलाई तीनचार वर्षमा विश्वविद्यालयको रुप दिने बताए । कलेजलाई अझै सार्वजनिक तथा पर्ति जग्गा दिएर भौतिक संरचना बढाउने योजना रहेको उनले सुनाए ।
स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । समारोहको अवसरमा प्रमुख अतिथि प्रा.डा. थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरे ।
उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । साथै कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विद्यार्थीहरुलाई पनि सम्मान गर्नुका साथै कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पुर्याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरिएको थियो । कलेजको कार्यक्रम हलमा कोभिड–१९ को बेला आइसोलेसन सञ्चालन गरिएको थियो ।
समारोहकै अवसरमा कलेज सञ्चालनका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरेको छ । सोही अवसरमा नेकबाट प्रोफेनल इन्जिनियरिङ्ख सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँंदनी शाह र कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।
सोही अवसरमा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँंच जना र स्नातकोतर तहका चार जना विद्यार्थीलाई पनि सम्मान गरेको छ ।