News Portal

  • ग्लोबल बैंकद्वारा थप तीन शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    २०३९ पटक
    १९ असोज, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको बैंकले जनाएको छ । पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका–८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा स्थानीय छवि सरा सिंजाली, रौतहटको जिल्लाको कटहरीया नगरपालिका–५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा स्थानीय महमद जलालुदीन हकर गुल्मी जिल्लाको मालिका गाउँपालिका–६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
    शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्