
काठमाडौं । ग्लोबल आइएमई बैंकको २ सय ३२औं शाखारहित बैंकिङ सेवा ईलामकको माईजोगमाईमा सञ्चालन गरेको छ । ग्लोबल बैंकको २ सय ३२औं नयाँ शाखारहित बैंकिङ सेवा ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा सञ्चालनमा ल्याएको हो । थप एकवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय ३२ पुगेको छ ।
यो २३२औं शाखारहित बैंकिङ्ग सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका विभिन्न किसिमका सेवा लिन सक्ने भएकाा छन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल बैंकले यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले बताएको छ ।