News Portal

  • ग्लोबल बैंकका ग्राहकहरुलाई ल्याण्लमार्क होटलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १४१७ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एवम् स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    सम्झौतापत्रमा बैंकको बजार तथा व्यवसाय प्रबद्र्धन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्टका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।
    सम्झौतापश्चात ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौ, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्युआर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।

    प्रतिकृया दिनुहोस्