News Portal

  • ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ११५५ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नवौं साधारणसभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए भने उपस्थित सम्पूर्ण महानुभावहरुलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ३४ करोड ९४ लाख रुपैयाँ र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ ।
    साधारणसभामा वित्तीय संस्थाको सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण शेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए ।
    वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरुमार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्