

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदमा कर्मचारी माग गर्दै रोजगारीको अवसर खुला गरेको छ । बैंकले सूचना प्रविधिसम्बन्धी क्षेत्रमा दक्ष जनशक्ति भर्ना गर्न आवेदन आह्वान गरेको हो ।
बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बिआई ड्यासबोर्ड डेभलपर र इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ । यसले बैंकको डिजिटल सेवा सुदृढ पार्न मद्दत गर्ने विश्वास गरिएको छ ।
उक्त पदका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव समेत अनिवार्य गरिएको छ ।
बैंकले उम्मेदवारसँग बैंक वा वित्तीय संस्थामा कम्तीमा २ वर्ष, वा अन्य कुनै संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने जनाएको छ । कार्यानुभवसहित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने बताइएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया र थप जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ ।