News Portal

  • ग्राहकलाई आंशिक/पुर्ण परिपक्वता लाभ भुक्तानी लिन आउन मेट लाइफको आग्रह

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०८१
    २४ पटक
    १३ फागुन, २०८१

    काठमाडौं । मेट लाइफ नेपालले ग्राहकहरुलाई आफ्नो बीमालेख आंशिक पुर्ण/परिपक्व भए नभएको यकिन गरी परिपक्व भइसकेका ग्राहकलाई आफ्नो आंशिक/पुर्ण परिपक्वता लाभ भुक्तानी लिनका लागि आग्रह गरेको छ । कम्पनीले आफुलाई पायक पर्ने कम्पनीको कार्यालय वा अनलाइन, इमेल वेभ मार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

    कम्पनीले ग्राहकहरुलाई आफ्नो बीमालेखको बीमाशुल्क समयमा भुक्तानी गरी आफ्नो बीमालाई निरन्तर राखी बीमाबाट प्राप्त हुने लाभलाई सुनिश्चित गर्न तथा कम्पनीसँग निरन्तर सम्पर्कमा रहनका लागि आफ्नो ठेगाना र मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह गरेको हो ।

    साथै, केही पुर्ण बीमा अभिकर्ताहरुको कमिशन रकम भुक्तानीमा आवश्यक कागजात पेश नभएकोले समस्या भएको हुँदा सम्बन्धीत अभिकर्ताले आफ्नो बैंक खाताको विवरण, स्थायी लेखा नम्बर प्रमाणपत्र र नागरिकताको छायाँप्रतिका साथ यस कम्पनीको ठेगानामा सम्पर्क गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्