News Portal

  • गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ५४२ पटक
    १ असार, २०७९

    काठमाडौं ।  गरिमा विकास बैंकले महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको हो ।
    जेठ महिना भरी चलेको यस वित्तीय जागरण कार्यक्रम अन्तर्गत बैंकको सबै १२० शाखाले दईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।
    बैंकका अनुसार कार्यक्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाईदा, वित्तिय सल्लाहसुझाव एवं डिजिटल बैकिङ्गका फाईदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो ।
    हाल, बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ।

    प्रतिकृया दिनुहोस्