
काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् ।
यसका साथै उनीहरुले ५ हजारसम्मको खल्ती पाइन्ट्स र पहिलो भुक्तानीमा INSURE 100 प्रयोग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
कोरोनाभाइरस महामारीको समयमा लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ ।
५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।