आर्थीकसंसार संवाददाता२८ चैत्र, २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरण सम्पन्न भएसँगै बिहीबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।
यस अन्तर्गत, सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र संस्थापक लगानीकर्ताहरूको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत) सेयर गरी कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकरणमा समावेश गरिएको हो ।
कम्पनीले आफ्नो साधारण सेयर सार्वजनिक निष्कासन एनआइएमबि एस क्यापिटल लिमिटेडमार्फत खुला बिक्री गरेको थियो । सो निष्कासनमा वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत सहभागी भएका थिए ।