News Portal

  • केदारनाथ शर्मासहित हिमालयन बैंकले बिक्रीमा राख्यो १५ वटा गाडी

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८२
    ७ पटक
    ९ जेठ, २०८२

    काठमाडौं । हिमालयन बैंकले १५ वटा सवारी साधन बिक्रीमा राखेको छ । बैंकले ऋण कर्जा समयमा चुक्ता नगरेपछि नटराज एग्रो प्रालि, छाब्दी बाराही अर्गानिक बहुउद्देश्य प्रालि र नासा सप्लायर्स प्रालिको धितोमा रहेका सवारी साधन लिलाम बिक्रीमा राखेको हो ।

    सञ्चालक केदारनाथ शर्मा र गिता शर्माको कम्पनी नटराज एग्रो प्रालिको नाममा रहेका १३ वटा सवारी साधन बिक्रीमा राखिएका छन् । बैंकको कोटेश्वर शाखा (साविक बानेश्वर शाखा)बाट लिएको ऋण चुक्ता नगरेपछि ५ वटा निजी पिकअप र ८ वटा डेलिभरी भ्यान बिक्रीमा राखिएको हो ।

    यस्तै, पार्वती शिवाकोटी सञ्चालक र ऋषीराम चपाई जमानीकर्ता रहेको छाब्दी बाराही अर्गानिक बहुउद्देश्य प्रालिको निजी जिप टाटा एचफाइभ एक्सजेठ लिलाम बिक्रीमा राखेको छ ।

    यस्तै, सरोज आचार्य र लक्ष्मी प्रसाद श्रेष्ठ सञ्चालक र गणेश कुमार श्रेष्ठ जमानीकर्ता रहेको नासा सप्लायर्स प्रालिको टाटा कम्पनीको टिपर बिक्रीमा राखेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्