News Portal

  • कृषि विकास बैंकद्वारा दक्षिणकालीका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
    १३७२ पटक
    १७ भदौ, २०७८

    काठमाडौं । कृषि विकास बैंकले दक्षिणकाली नगरपालिका–३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय प्रारम्भीक रुपमा ८३ वटा कार्ड स्थानीय किसानलाई उपलब्ध गराएका हुन् ।
    यस कार्डमार्फत किसानले कृषिसम्बन्धी बेचबिखनदेखि बिउ/मलखाद/मौसमसमेत जानकारी हुने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
    यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विद्युत गृह चन्द्रज्योति पावर हाउसको परिसरमा राख्ने गरी १० थान डस्टबिन वडा अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्