News Portal

  • कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो अन्तर बैंक टेलर क्यूआर

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८२
    ११ पटक
    ९ जेठ, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गदै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ ।

    बैंकले आफ्नो स्मार्ट टेलर क्यूआर प्रयोग गरी अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

    कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ ।

    बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

    प्रतिकृया दिनुहोस्