News Portal

  • कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, निक्षेप र कर्जामा वृद्धि

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८२
    २१ पटक
    ७ बैशाख, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ ।

    बैंकको निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सो बढेर ६१.८९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । अघिल्लो वर्ष ४५.९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस त्रैमासमा कर्जा प्रवाह ४९.४७ अर्ब रुपैयाँ पुर्याएको छ ।

    समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७०.२७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कुल सम्पत्ति ६७.१९ अर्ब रुपैयाँ थियो ।

    बैंकको गैर–सञ्चालक कर्जा (एनपीए) अनुपात ३.५५ प्रतिशतबाट वृद्धि भई ४.२७ प्रतिशत पुगेको छ । यद्यपि, बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १०४.६४ प्रतिशत रहेको छ, जुन बैंकको जोखिम व्यवस्थापन क्षमताको सूचक हो ।

    बैंकले ब्याजदरको चाप, बढ्दो बजार प्रतिस्पर्धा र साइबर सुरक्षाका चुनौतीहरूबीच पनि व्यवसाय विस्तार गर्न सफल भएको जनाएको छ । हाल बैंकको देशभर १३० वटा शाखा छन्, जसबाट डिजिटल प्रविधिमार्फत विभिन्न वित्तीय सेवा प्रदान गरिँदै आएको छ ।

    बैंकले अघिल्लो वार्षिक साधारणसभाबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । अहिले उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    C:UsersDELLDesktopad baides