News Portal

  • काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ९३९ पटक
    १ जेठ, २०७९

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।
    आइतबार राति १० बजेसम्म उनले ४३६५ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत पाएका छन्।
    बालेनले उनका निकटतम प्रतिद्वन्द्वी स्थापितभन्दा २०६२ मत धेरै ल्याएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०६७ मत पाएकी छन्।

    प्रतिकृया दिनुहोस्