News Portal

  • कहिले पारित गर्दैछ नेको इन्स्योरेन्सले ७.३६% लाभांश ?

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८२
    ५ पटक
    १ जेठ, २०८२

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा जेठ ९ गते आयोजना गर्दैछ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।

    सभाले प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने र त्यसका लागि नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि सोहीबमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने अर्को विशेषा प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

    कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थका लागि वैशाख ३० गते बुक क्लोज गरेको थियो । वैशाख २९ गते सार्वजनिक बिदा भएकाले बैशाख २८ गते अर्थात आइतबारसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्