
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५६.५५ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २२ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ६३० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा महावित्तपत्ति कोष, रिटेन्ड अर्निङ र अन्य इक्विटी बढेका छन्।