
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर र १.०५२ प्रतिशत नगद लाभांश पाउने छन् ।
एलआईसीले आ.व.२०७६/७७ मा कूल १,५०,६२९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशूल्क आम्दानी बापत ३७५२.९७ करोड आर्जन गर्न सफल भएको र उक्त आ.व. को अन्त्यमा ७,६४,३७८ बीमालेखहरूमा सेवा प्रदान गरिरहेको जानकारी दिएकाे छ ।
२०७७ आषाढ मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २४.१७ प्रतिशतले बढेर ६६८४९.६९ मिलियन भएकाे छ जुन अहिलेसम्मकै उच्च बिन्दु हाे । कम्पनीको गत आर्थिक वर्षमा लगानीबाट हुने आम्दानी १६.११ प्रतिशतले बढेको थियो ।
त्यसैगरी साधारण सभाले कम्पनीको केही संस्थापक शेयरधनीहरुको आफ्नो स्वामित्वमा भएको कूल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक शेयर र सर्वसाधारणको अनुपात ७०:३० कायम गर्ने प्रस्तावलाई सर्वसहमतिले पारित गरेको छ ।