काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपालले २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्धि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ । कम्पनीको कर्पोरेट कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमामा यस कम्पनीकी टप एजेण्ट रिता खतिवडा, पुर्ण बहादुर खड्का र पोलिसी होल्डरहरु, अभिकर्ता, कम्पनीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
आगामी दिनहरुमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षाका साथ कम्पनीबाट प्रवाह गरिने सेवाहरु थप मर्यादित, सरल एवं विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे।कम्पनीको प्रमुख संस्थापक शेयरधनीहरुमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ । हाल एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले विगतका वर्षमा आकर्षक लाभांश दिदै आएको छ । प्राधिकरणले मर्जर मार्फत संख्या घटाउन पूँजी बृद्धि योजना ल्याउदा समेत कम्पनीले हकप्रद मार्फत पूँजी जुटाउने तयारी गरिसकेको छ ।
विगत २२ वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब ७ अर्ब ४७ करोड ९३ अर्ब ६३ करोड छ । कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमाससम्ममा १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले शेयरधनीका अतिरिक्त बीमितहरुलाई पनि आकर्षक बोनसदर दिदै आएको छ ।