News Portal

  • एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२ असार, २०७९
    ७८० पटक
    २ असार, २०७९

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ साल असार २ गते बिहिबारका दिन अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बीच एकआपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित ग¥यो । सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्तावसमेत सर्वसम्मत पारित गर्यो ।

    प्रतिकृया दिनुहोस्