News Portal

  • एनएमबि लघुवित्तद्वारा मर्जर तथा प्राप्ति समिति गठन

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७७
    १५३५ पटक
    १६ असोज, २०७७

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाको असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूले एकआपसमा मर्जरको नीतिलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जर तथा प्राप्ति समिति गठन गरेको जनाको छ ।
    समितिको संयोजकमा रोमणीप्रसाद पाठक, सदस्यमा जितेन्द्र बाहेती र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्