News Portal

  • एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१७ जेठ, २०८२
    १० पटक
    १७ जेठ, २०८२

    काठमाडौं । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई छुट प्रदान गर्ने सहमति भएको छ ।

    सम्झौता अनुसार एनएमबि बैंकका कार्ड (डेबिट, क्रेडिट तथा प्लाटिनम क्रेडिट) प्रयोग गर्ने ग्राहकहरू वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले हिल्टन काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

    बैंकले यस प्रकारको सहकार्यले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा प्रवाहित गर्ने विश्वास लिएको छ । साथै, डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न समय–समयमा यस्ता ग्राहकमैत्री र दीगो सुविधा सञ्चालन गर्दै आएको जनाएको छ ।

    बैंकका अनुसार ग्राहक लाभका साथै डिजिटल कारोबार विस्तार एनएमबि बैंकको प्राथमिकतामा पर्छ, र यस्ता सहकार्यहरूले त्यसलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्