News Portal

  • एनआईएमबीको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता६ चैत्र, २०८१
    २४ पटक
    ६ चैत्र, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् ।

    बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनी नियुक्त भएकी हुन् ।

    एनआईएमबीले हाल २ सय ७२ शाखा, ८१ शाखारहित, २ सय ६६ एटीएम र ६५ एक्स्टेन्सन काउन्टरमार्फत ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्