

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.६४ प्रतिशत घटेर १२ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा ५ अर्ब ८ करोड १६ लाख रुपैयाँ ऋणात्मक थियो ।
फागुनसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष १८.४५ प्रतिशत बढेर ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १३ प्रतिशत बढेर ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ र कर्जा लगानी ७.३१ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ४.९४ रुपैयाँ बढेर १७.७४ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ ।
यसअवधिमा बैंकको खराब कर्जा ६.०६ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत थियो ।
फागुनसम्ममा बैंकको रिटर्न इक्विटी (आरओई) ९.६७ प्रतिशत र रिटर्न अन एसेट १.१६ प्रतिशत थियो ।