News Portal

  • ऋणीको मूल्याङ्कन गर्ने विधिको परीक्षणको लागि कृषि विकास बैंकले गर्यो सम्झौता

    आर्थीकसंसार संवाददाता२ चैत, २०७९
    ३५४ पटक
    २ चैत, २०७९

    काठमाडाैं । कृषि विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बिच त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि सम्झाैता भएकाे हाे ।
    वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको बैंकले जनाएकाे छ ।
    व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसी बिच सम्झौता भई नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो ।
    आज भएको सम्झौता बमोजिम यस विधि मार्फत लघु तथा खुद्रा कर्जा लिनेव्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको बैंकले जनाएकाे छ ।
    बैंककाे अनुसार यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने छ ।

     

    प्रतिकृया दिनुहोस्