News Portal

  • पाल्पा १ र २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवारद्वय गैरे र आचार्य

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७९
    ४३४ पटक
    ६ मंसिर, २०७९

    पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ ।  हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता लिएका छन् । गैरेले ६७६५ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डे (कलम) ले ५११७ मत प्राप्त गरेका छन् ।
    यसैबीच पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्य (सूर्य) ले ६०८१ मतसहित अग्रता कायम गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहा (रुख) ले २६०१ मत प्राप्त गरेर दोस्रो स्थान कायम गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्