News Portal

  • आजसम्म शेयर किन्नले सानिमा रिलायन्स लाइफको प्रस्तावित लाभांश पाउने

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    २५ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा चैत ८ गते डाकेको हो। सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँबानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    सभाले सभामा पारित प्रस्ताव स्वीकृतिका पेस हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

    प्रतिकृया दिनुहोस्