आर्थीकसंसार संवाददाता७ बैशाख, २०८२


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बेसेडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ ।
सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएकी हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।