News Portal

  • अपाङ्गता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलले दियो शेयर तालिम

    आर्थीकसंसार संवाददाता१४ साउन, २०८०
    २४४ पटक
    १४ साउन, २०८०

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । अपाङ्गता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।
    कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग एसोसिएट् विनय अधिकारीले गरेका थिए । कार्यक्रम पुँजीबजारमा सुरुआती प्रवेश के–कसरी गर्ने ? मेरो शेयर  के–कसरी चलाउने ? शेयर बजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम संचालन गरिएको हो ।
    शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपाङ्गता भएका “क” तथा “ख” वर्गका अपांगता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिए ।
    प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्