काठमाडौं । सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेको हो ।
बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुसी बाँड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि विशेष योजना ल्याएको बताएको छ ।
बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म तत्काल छुट पाउने जनाइएको छ ।
नेपाल टेलिकमद्वारा रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रहेको लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई...
सानिमा रिलायन्स लाइफको “मेरो मुटु बाल जीवन बीमा“ योजना सार्वजनिक, के-के छन् विशेषता ?
काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ।...
सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालय भवनको पुनःनिर्माण सुरु
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका- १ रुकुमपश्चिमस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनःनिर्माणको शिलान्यास गरेको छ । २०८० साल...
सिञ्जा गाउँपालिकाले साढे २ हजार घरको बीमा गर्ने, २० लाख रुपैयाँ बीमाङ्क
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा...
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, ग्राहकले १०% छुट पाउने
काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका...
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो...
माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ । बैंकले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन...