News Portal

  • नबिलको आइकार्डमा वैशाख महिनासम्म छुट

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७८
    ९४९ पटक
    १ वैशाख, २०७८

    काठमाडौं । नबिल बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको छ ।
    बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । यस छुट प्राप्त गर्नेको लागि ग्राहकले नबिल बैंकको नजिकको शाखामा गई सेवा लिन सक्नेछन् ।
    सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्