News Portal

  • कामना सेवा बैंकको १४औं वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
    १४१२ पटक
    २७ कार्तिक, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४औं वार्षिकोत्सव डिजिटल प्रविधिमार्फत शुभकामना आदानप्रदान गरी सम्पन्न गरेको छ ।
    बैंकका अध्यक्ष सुदीप आचार्यकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए ।
    शुभकामनाको क्रममा बैंकका अध्यक्ष सुदीप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सी.डी.एस एन्ड क्लियरिङ लि., बि.ओ.के क्यापिटल, कर्जा सूचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आमसञ्चार माध्यम, सहयोगी संघसंस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरका थिए ।

    प्रतिकृया दिनुहोस्