News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर हस्पिटलमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७८
    ३३५ पटक
    १९ साउन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा हस्पिटलसँग सम्झौता गरेको हो ।
    सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउनेछन् ।
    सम्झौताअनुसार बैंकका डेबिड कार्ड र मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकह?ले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्