News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई अर्थाेप्लास्ट रिह्याबमा छुट

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७८
    ८२३ पटक
    १९ साउन, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अर्थाेप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुट बैंकका ग्राहकलाई ललितपुरको अर्थाेप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा सो मात्राको छुट प्रदान गर्ने सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस–कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थाेप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरिकुमार तामाङले हस्ताक्षर गरेका हुन् ।
    सम्झौताअनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरेबापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । साथै, ग्राहकले उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट पाउने छन् । जस्तै, टुम्लिङटारको मनकामना अस्पताल, चितवनको चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, पोखराको पार्कल्याण्ड अस्पताल, बुटवलको नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर र धनगढीको न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टरमा उक्त छुट पाउने बैंकले जनाएको छ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्