News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७८
    ८७८ पटक
    १८ साउन, २०७८

    काठमाडौं । उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।
    उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर निधन भएको थियो । उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन ।
    शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क ९२३० परिवारको निवासमा एक कार्यक्रम बिच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोजबहादुर खड्काको समन्वयमा परियारको श्रीमान रवि परियारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरिएको हो ।
    सभामा बोल्दै खड्काले आफुहरुले बिमा दाबी बापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम बैशाखमै बीमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकोले कोभिडका कारण ढिलाई भएको बताएका छन् ।
    परियारको श्रीमान रवि परियारलाई उनको अबको पारिवारिक जिम्मेवारी बारे सम्झना गराउँदै स्व. रुपा परियारको फोटो माथी फूल अर्पण गरेका थिए ।
    जनउत्थानका केन्द्रीय प्रमुख भगवती भण्डारीले स्व. रुपा परियार संस्थामा कार्यरत एक ईमानदार प्रतिनिधि रहेकाले आफुहरुले संस्थाको एक परिवार सदस्य गुमाएकाले कोभिड–१९ का कारण सरकारले कुनै प्रकारको गोष्ठी, सभा नगर्न नगराउन आदेश गरी सकेपश्चात समयमै रकम हस्तान्तरण गर्न कठिनाई भएको जानकारी दिएका थिए । २ जना छोरा रहेकी परियार २०७६ बैशाख ९ गते संस्थामा आवद्ध भएकी थिइन ।

    प्रतिकृया दिनुहोस्