News Portal

  • एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग  प्रालीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७८
    ७७८ पटक
    १८ साउन, २०७८

    काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच समझदारी भएको छ ।
    बैंकले विद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य प्रतिशत प्रिमियम सहित कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो ।
    बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट योजनाअन्तर्गतको यो समझदारीअन्तगर्त ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङ्गसहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जानकारी गराएको छ ।
    नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्सका शोरुमहरुमा अवलोकन तथा ‘टेस्ट ड्राइभ’ को लागि उपलब्ध रहेको छ ।
    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । साथै, थप जानकारीको लागि [email protected] मा ईमेल वा ०१–५९७१५० मा सम्पर्क गर्न सकिनेछ । साथै इच्छुक ग्राहकले १६६००१५५७७७ नम्बरमा कल गरी वा यो लिंकमा गएर आफ्नो नाम दर्ता गराई (लग ईन गरी) नेक्सन इभी बुकिङ्ग गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्