News Portal

  • युनियन लाइफ इन्स्योरेन्सको भोलिदेखि सेयर कारोबार हुने

    आर्थीकसंसार संवाददाता१७ साउन, २०७८
    ३४९ पटक
    १७ साउन, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँडपश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
    यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोस्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘यूएलआई’ दिइएको छ ।
    नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ ।
    साथै, कम्पनीले सेयरसम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्