News Portal

  • गरिमा बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता४ असार, २०७८
    ५४५ पटक
    ४ असार, २०७८

    काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले असार ४ गते शुक्रबार हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापश्चात केसीएल अस्ट्युट क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भएको छ । र, केसीएल अस्ट्युट क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित हुने जनाईएको छ ।
    गरिमा विकास बैंकले सेयर लगानी गरेपश्चात केसीएल अस्ट्युट क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटलका अध्यक्ष दिपक पाण्डेयले संयुक्त हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्