काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन बजार दराजले माछापुच्छे बैंकसँग साझेदारी गरि बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउने भएका हुन् ।
माछापुच्छे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्डमार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । माछापुच्छे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।
छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा इकमर्श एक्टिभेट गर्नुपर्ने छ । त्यसपछि ग्राहकले माछापुच्छे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सक्नेछन् ।
साथै, माछापुच्छे बैंकले दराजसंगको साझेदारीमा शून्य प्रतिशत ईएमआई सुविधा पनि ल्याएको छ जसमा क्रेडिट कार्ड प्रयोगकर्ताले क्रेडिट कार्डमार्फत गरेको खरिदलाई शून्य प्रतिशत ईएमआईमा परिवर्तन गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकका ग्राहकले कार्डबाट पेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुट पाउने
आर्थीकसंसार संवाददाता४ असार, २०७८
४ असार, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण