News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७८
    ३८८ पटक
    ३० वैशाख, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाडौंबीच कोभिड–१९ अघि र पछिको सेवासम्बन्धी सम्झौता भएको छ ।
    निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत क्लिनिक वनसँग सम्झौता गरेको जनाएको छ । उक्त सम्झौताअनुसार कम्पनीसँग सम्बन्धित व्यक्तिहरुले उक्त क्लिनिकबाट पुर्णकालीन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरी लिन सक्नेछन् ।
    कोभिड केयर सेवामार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परीक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकताअनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाइनेछ । यसको लागि कम्पनीले चौबिसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोन नंम्बरको व्यवस्था गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्