News Portal

  • एनबी बैंकद्वारा सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७८
    ४६८ पटक
    ३० वैशाख, २०७८

    काठमाडौं । नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ ।
    बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंकसँग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत नेपाल सरकारलाई उक्त सहयोग गरेको हो । उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आइएफआइसी बैंकको सहयोगमा बुधबार हस्तान्तरण गरिएको छ । उक्त औषधि बङ्गलादेशबाट नेपालका लागि पठाइसकेकोे बैंकले जानकारी दिएको छ ।
    यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंक र बङ्गलादेशको बेक्सिम्को फर्मास्यूटिकल कम्पनीसँग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्