News Portal

  • सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ प्रदान

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७८
    ४३० पटक
    २९ वैशाख, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सरकारलाई आज (बैशाख २९ गते) बुधबार सो मात्राको सहयोग हस्तान्तरण गरेको हो ।
    बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु. १० लाखका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।
    हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थसम्बन्धी मापदण्डअनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ ।
    साथै, बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रविधि मैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइ दिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्